काठमाडौं – गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहमले जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।
उनले खेलको ५५ औं मिनेटमा गोल गरेका हुन् । सनले पेनाल्टीमार्फत स्टिभीनको पासमा गोल गरेका हुन् । जितसँगै टोटेनहमले ३ अंक जोडेको छ ।
