काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार नयाँ बानेश्वरको होटल अर्यालमा भेटवार्ता भएको हो ।
उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहदा नेपाल र गौतमबीच भेटवार्ता भएको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चल्दै गर्दा नेपाल र गौतमबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेता नेपालले गौतमलाई भेटेपछि सांसद तुलसा थापालाई पनि भेट गरेको बताइएको छ ।
