काठमाडौँ – अफगानिस्तानको काबुलबाट १ सय २७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई आज बिहान १० बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अमेरिकाले ३ सय ८५ नेपालीलाई उद्धार गरी कतारको दोहा पुर्याएको थियो ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपाली मध्ये १ सय २७ जना नेपाली आज नेपाल आइपुगेका हुन् ।नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
यससँगै सरकारले थप नेपाली कामदारको उद्धारको कार्य शुरु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले स्वदेश फिर्तीको लागि आफ्नो विवरण दर्ता गराएका छन् ।
तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएलगत्तै विभिन्न देशहरुले आफ्ना नागरिक आफ्नो देश ल्याउने कार्य शुरु गरेका छन् । अफगानी नागरिकहरु पनि आफ्नो देश छाड्न थालेको खबर छ ।
