गैँडाकोट । गैँडाकोटमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइदैछ । स्वास्थ्य शाखाका कर्मचारी प्रकाश पोखरेलका अनुसार आज र भोलि खोपको दोस्रो मात्रा लगाइने भएको हो ।
विहान १० बजेदेखि ३ सम्म खोप लगाइने र पहिलो डोज लगाएको खोपकार्ड लिएर आआफ्नो खोप केन्द्रमा उपस्थिती हुन आग्रह गरिएको छ । पोख्रेलका अनुसार अषाढ मसान्त देखि साउन ८ गते अघि पहिलो मात्रा लगाएका नागरिकलाई आज र भोलि खोप लगाइने भएको हो । तर साउन ८ पछि खोप लगाउनुभएका नगरवासीलाई भने भदौ १० र ११ गते सोही खोप केन्द्रमा सेवा दिने नगरपालिकाले जानकारी दिएको छ ।
यसैविच परीक्षा दिने उच्च शिक्षामा अध्ययनरत गैँडाकोटका ३२८ जना विद्यार्थीलाई हिजो कोरोना विरुद्धको खोप लगाइएको छ । पोखरेलका अनुसार गैँडाकोट स्वास्थ्य चौकीमा २२८ र नगर अस्पतालमा १०० जनालाई खोप लगाइएको हो । प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई एष्ट्राजेनेका खोप लगाइएको पोखरेलले बताउनुभयो ।
