काठमाडौं – अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी फ्रेन्च लिग वानको क्लब पिएसजीमा अनुबन्धित भएपछि चर्चामा आइरहेका छन् । ३४ वर्षीय कप्तान मेसीले अब नयाँ क्लबबाट रिक्सविरुद्ध डेब्यू खेल खेल्ने भएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका मेसीले आगामी अगस्ट २९ मा रिक्सविरुद्धको खेल खेल्ने भएका हुन् । रिम्सकै घरेलु मैदानमा हुने उक्त खेलमा मेसीसँगै नेयमार पनि खेल्नेछन् । दुई ठुला स्टार एकसाथ एउटै क्लबबाट खेलेको हेर्ने सबैको इच्छा पुरा हुने भएको छ ।
मेसी ३० नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएको हेरने सपना फ्यानहरुले अब पुरा गर्दैछन् । मेसीले पिएसजीसँग महँगो रकममा २ वर्षका लागि सम्झौता गरेका छन् । उनलाई प्रत्येक बर्ष लगभग ३५ मिलियन युरो क्लबले दिने बताइएको छ ।
