काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेश आज जारी नहुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ ।
मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
‘आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।
