काठमाडौं : नेकपा एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा मंगलबार पत्र दर्ता गरेको हो ।
कारवाही गरिएका सांसदहरुमा नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहनुभएको छ ।
