• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यसकारण राखिन्छ मन्दिरमा ‘यौन आसन’सहितका टुँडाल


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं : मन्दिर भन्नेबित्तिकै सबैभन्दा पवित्र स्थल मानिन्छ। सफा तथा शुद्ध मनले मन्दिरमा जानुपर्छ भन्ने मान्यता छ। मानिस सबैभन्दा शुद्ध र सफा हुन्छ भने त्यही मन्दिरमा हुन्छ। तर, त्यही मन्दिरमा हेर्दा भने फरक खालका आकृति देखिन्छन्। जुन तपाईं हाम्रो समाजमा गोप्य बनाइएको विषयलाई त्यहाँ भने सार्वजनिक रूपमा राखिएका हुन्छन्। ती अहिले होइन, परापूर्वकालदेखि नै राखिएका हुन्।

    Advertisement

    मन्दिरका टुँडालहरूमा विभिन्न खालका यौन आकृति बनाइन्छ। मन्दिरभित्र प्रवेश गर्ने प्रवेशद्वारमाथि त्यो पनि सबैले देख्नेगरी यौन आकृतिहरू राखिएका हुन्छन्।

    निकै वर्षअघि बनाइएका मन्दिरमा कुँदिएका यस्ता विभिन्न भाव भंगीमाका यौन आसन देख्दा जोकोही आश्चर्यमा पर्न सक्छ। त्यस्ता पुराना मन्दिरमा समाजले ‘अश्लील’ वा ‘छाडा’ भन्ने यौन आसन किन र के कारण कुँदिए? यो सबैको चासोका विषय बन्ने गरेको छ।

    हुनत यौन हरेक प्राणीको जीवनको अपरिहार्य पाटो हो। तर, यसलाई अतिगोप्य त नितान्त व्यक्तिगत विषय ठानिन्छ। र, यौनलाई सार्वजनिक गरिँदैन। त्यसमाथि कानुनले समेत यसलाई व्यक्तिगत गोपनीयता मानेर सार्वजनिकस्थलमा यस्ता कार्य गर्नुमात्र नभएर प्रदर्शन गर्नु पनि अपराध मानिन्छ।

    तर, प्राचीन मन्दिरहरूमा कुँदिएका टुँडालमा भने मान्छेले विभिन्न यौन आसन प्रदर्शित गरिएको देखिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको विश्वनाथ मन्दिर, ललितपुरको चारनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्रमा रहेका मन्दिर, पशुपतिनाथ मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिरलगायत विभिन्न मन्दिरका टुँडालमा कामवासनामा लिप्त देवदेवी तथा नरनारीका यस्ता मूर्ति कुँदिएका छन्।

    “सुषुप्त यौन चेतनालाई जागृत गराउन यस्ता आकृति कुँदिएका हुनसक्ने अनुमान गर्न सकिन्छ। प्राचीन समयमा मानिसहरूमा अध्यात्म चेत, धर्मप्रतिको लगाव बढी भएकाले धेरैजसो मानिस मन्दिर धाउने गर्थे। धेरै मानिसको नियमित गन्तव्यस्थल मन्दिरमा कुँदिएका यस्ता आकृतिले यौनशिक्षाको काम पनि गर्दथ्यो। उनीहरूलाई यौनबारे खासै चाँसो हुन्थेन। र, यसप्रति चासो बढाउनका लागि पनि यस्तो गरिएको हुनसक्छ।”

    यस्ता आकृति राख्नुको केही आध्यात्मिक, केही वैज्ञानिक तथा केही जैविक कारण रहेको संस्कृतिविद् बताउँछन्।

    संस्कृतविद् प्रा.डा. डिल्लीराज शर्मा यस्ता आकृति राखिनुको पछाडि विभिन्न कारण रहेको बताउँछन्। १३औं-१४औं शताब्दीमा बनाइएका मन्दिरका टुँडालमा यस्ता खालको आकृति देख्न पाइने उनको भनाइ छ।

    त्यो भन्दा पहिला महिला र पुरूष (देवदेवी) उभिएको मात्र आकृति बनाइन्थ्यो। तर, जब तन्त्र विद्याको प्रभाव पर्न थाल्यो त्यसपछिबाट भने यौन आकृति बनाउन थालिएको इतिहास भेटिएको उनको भनाइ छ।

    उनका अनुसार यसको पछाडि दुई वटा कारण छन्। एउटा- तान्त्रिक प्रभाव। त्यतिबेलाका राजा महाराजाले तन्त्र विद्यालाई प्रभावित पार्नका लागि यस्तो खालको आकृति बनाउन थालिएको संस्कृतिविद् प्रा.डा. शर्माको भनाइ छ।

    अर्को कुरा यौनशिक्षाबारे आमजनमानसलाई जानकारी दिन तथा यसलाई सामान्यीकरण गर्नका लागि पनि त्यस्तो तरिका अपनाइएको उनको बुझाइ छ। यस्ता आकृति कुँद्नुको कारण मानिसमा यौन चेतना तीव्र बनाउनु पनि रहेको उनी बताउँछन्।

    “सुषुप्त यौन चेतनालाई जागृत गराउन यस्ता आकृति कुँदिएका हुनसक्ने अनुमान गर्न सकिन्छ। प्राचीन समयमा मानिसहरूमा अध्यात्म चेत, धर्मप्रतिको लगाव बढी भएकाले धेरैजसो मानिस मन्दिर धाउने गर्थे,” उनले भने, “धेरै मानिसको नियमित गन्तव्यस्थल मन्दिरमा कुँदिएका यस्ता आकृतिले यौनशिक्षाको काम पनि गर्दथ्यो। उनीहरूलाई यौनबारे खासै चाँसो हुन्थेन। र, यसप्रति चासो बढाउनका लागि पनि यस्तो गरिएको हुनसक्छ।”

    समाजले सिधा पचाउन नसक्ने यौनका विषयलाई आकृतिमा प्रस्तुत गर्दा र त्यसमा पनि मन्दिरमा राख्दा मानिसले गलत रूपमा व्याख्या गर्न नपाउने उनको भनाइ छ।

    त्यस्तै अर्को कारण मन्दिरमा यस्ता आकृति राख्दा चट्याङ नपर्ने भन्ने पनि मान्यता छ। प्राकृतिक विपद्बाट जोगिनका लागि पनि यस्ता आकृति मन्दिरमा कुँदिने गरेको उनको भनाइ छ। मन्दिरमा यस्ता आकृति राख्दा बाढीपहिरो, चट्याङ, हावाहुरी आदिबाट जोगिने जनविश्वास पनि रहिआएको छ।

    त्यस्तै मन्दिरमा जाँदा मनमा रहेको विकार पदार्थलाई बाहिरै राख्नुपर्ने हुन्छ। त्यसैले त्यस्तो यौनबारेको विचार पनि त्यो मन्दिरको ढोकाबाहिरै राख्नुपर्छ भन्ने मान्यताका साथ पनि यस्तो राखिएको हुनसक्ने उनको भनाइ छ।

    मन्दिरका टुँडाल तीन भागमा छुट्याएर मूर्ति कुँदिएको हुन्छ। जसमा माथिल्लो भागमा कल्पवृक्ष अर्थात रूख, फूल आदि राखिएका हुन्छन्। त्यस्तै दोस्रो भागमा देवता एकल वा जोडीसहित राखिएको हुन्छ। र, तेस्रो भागमा गन्धर्व, यक्ष, रतिक्रीडा, मानिसका रूप तथा जनावरका मूर्ति कुँदिएका हुन्छन्।

    रतिक्रीडाका विभिन्न आशनहरूसहित देवदेवी तथा नरनारीका त्यस्ता आकृतिले आममानिसलाई यौनबारे चासो बढाउनुका साथै यौनबारेको संकुचन पनि हट्ने संस्कृविद् प्रा.डा. शर्माको भनाइ छ।

    हिन्दू धर्मका मन्दिरमा मात्र किन?

    यस्ता यौन आकृति हिन्दू मन्दिरहरूमा कुँदिएका हुन्छन्। अन्य धर्मावलम्बीका धार्मिक स्थलहरूमा यस्ता खालका यौन आकृति कुँदिएको पाइँदैन। आखिर किन?

    संस्कृतविद् प्रा.डा. शर्मा भन्छन्, “हिन्दू धर्म सबै धर्मको प्रतीक हो। यही धर्मको आडमा रहेर अन्य धर्मको विकास भएको हो। अन्य धर्मको विकास हुने क्रममा मानिसहरूको ध्यान अन्यत्र नमोड्नका लागि पनि यस्तो गरिएको हुनुपर्छ।”

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.