• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

१२ नबज्दै बाहिरिन्छन् भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • चितवन  । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काउनुभयो । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काउनुभएको हो ।

    Advertisement

    अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ । बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ ।

    यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ । अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ । गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन् । २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आउनुभयो । उहाँको तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाउनुभयो ।

    सोही वर्षको फागुन ५ गते आउनुभएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौँमै बित्यो । उहाँ दु्ई महिनामै सेवानिवृत्त हुनुभयो । पुनः डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाउनुभयो । यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने हुनुभयो । यद्यपि सधैँजसो काठमाडौँ बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आउनुभएको छ । अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन्।

    दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारी बताउनुहुन्छ । विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उहाँकोे गुनासो छ । अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उहाँले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताउनुहुन्छ । चिकित्सक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवासुविधा दिन समिति तयार रहेको जनाउँदै उहाँले तोकिएको समयमा भने काम गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोही पनि बिरामी उपचार नपाएर फर्किनु हुँदैन ।” केही वर्षअघि तत्कालीन प्रजिअ विनोदप्रकाश सिंहले अस्पतालमा छड्के निरीक्षण गरेर निर्धारित समयमा काम गर्नेहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुभएको थियो । यसैबेला अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि सुधार गरिएको थियो । सेवाग्राहीहरुले अस्तव्यस्त बनेको अस्पताललाई सुधारका लागि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जनाउँदै आएका छन् । प्रजिअ प्रेमलाल लामिछाने सरकारले तोकेअनुसारको सेवा दिनुपर्ने बताउनुहुन्छ ।

    गुनासो आएमा आफूले तत्काल सम्बोधन गर्ने गरेको उहाँको भनाइ छ । अस्पतालमा विभिन्न विभाग भए पनि ती विभागले काम नगरेको गुनासो छ । विकास समिति र निजामती कर्मचारीबीचमा द्वन्द्व, वरिष्ठ चिकित्सकहरुको विकास समितिमा अधिकृतको मात्रै दरबन्दी, विशेषज्ञ चिकित्सकले बिरामी नहेर्ने गरेको, स्वास्थ्यकर्मीहरुको राजनीतिक खिचातानी र लडाइँ लगायतका कारण अस्पताल अस्तव्यस्त बनेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो ।

    यस अस्पतालले चितवनसहित १९ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा आएका बिरामीलाई निजीमा रिफर गर्ने समस्याका कारण सेवाग्राही प्रभावित हुने गरेका छन् । निमित्त मेडिकल सुपरिटेन्डन्ट डा तिवारी स्थायी मेसु नहुँदा पनि समस्या हुने गरेको बताउनुहुन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सङ्घीय अस्पताल भएकाले अस्पताललाई आवश्यक स्रोतसाधन व्यवस्था सङ्घीय सरकारले गर्नुपर्ने बताउनुहुन्छ ।

    राजनीतिक खिचातानीका कारण मेसु मन्त्रीसँगै परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको भन्दै उहाँले कम्तीमा दुई वर्ष काम गर्ने गरी मेसु पठाउन सकेमा अस्पतालले गति लिने बताउनुभयो । काठमाडौँपछिको ठूलो र धेरै बिरामीलाई सेवा दिनुपर्ने यस अस्पताललाई राम्रो बनाउन महानगर सधैँ लागिपरेको भन्दै उहाँले सेवाग्राहीको गुनासो नरहने गरी काम गर्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । रासस

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.