• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

के होला माधव नेपालले खोल्ने पार्टीको नाम ?


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) भित्रै ५ महिना लामो अन्तरसंर्घष चर्काएका वरिष्ठ नेता माधव नेपालले अन्ततः नयाँ पार्टी गठन गर्ने भएका छन् । सरकारले दल विभाजन सम्बन्धी मंगलबार सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्दारा जारी भएसँगै नेपाल नयाँ पार्टी गठनको प्रक्रियामा अगाडी जान खोजेका हुन् । मंगलबार दिनभित्र केपी ओली र माधव नेपालले गरेको आ आफ्नो पक्षको बैठक र तयारीले अब एमाले एकीकरणको सम्भावना टरेको छ ।

    Advertisement

    नेपाल स्वंयमले मंगलबार आफु निकटका जनवर्गीय संगठनको कार्यक्रममा अब पार्टीको पूर्नगठन गर्ने बताएका छन् । ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ । अहिले पार्टी विभाजन भए पनि एकताको ढोका खुल्ला रहने छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुन्छ ।’

    वरिष्ठ नेता नेपालले प्रष्टैसँग नयाँ पार्टी खोल्ने सन्देश दिईसकेका छन् । त्यसमाथी ओलीले निर्वाचन आयोगमा नेपाल पक्षका नेता प्रकाश ज्वालालाई कारवाही गरेर आफना मान्छे थप गरेर २६० जनाको केन्द्रीय कमिटि रहेको र त्यसलाई अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाउने देखि साउन २५ को निर्णयका आधारमा भन्दै माधव नेपाल सहित नेपाल पक्षका १४ सांसदलाई कारवाही गरिएको र हटाईएको पत्र समेत संसद सचिवालयमा मंगलबार नै पठाईसकेका छन् ।

    नेपालले खोल्ने दलको नाम के राख्ने भन्ने बारेमा नेपालले दल दर्ताको तयारीमा रहेका नेताहरुसँग भने परामर्श गरिरहेका छन् । एक विश्वस्त स्रोतका अनुसार, नेपालले पार्टी नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने प्रस्तावमा छलफल गरिरहेका छन् । पार्टीको नामका बारेमा नेपालले दल दर्ता पछि अन्तिम समयमा एक पटक आफनो समुहका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्न सकिनेमा पनि छलफल चलिरहेको छ ।
    यसले ओलीले पनि माधव नेपाललाई एमालेभित्र स्पेश दिन नचाहेको प्रष्टै देखिएको छ । त्यसो भए अब माधव नेपालले खोल्ने पार्टीको नाम के होला ? अहिले चर्चा शुरु भएको छ । दल दर्ताको सम्पूर्ण कागजात र तयारी पूरा गर्न नेपालले कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतं) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइसकेका छन् । अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्य भए पुग्छ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । राष्ट्रिय सभामा पनि नेपाल समुहका ९ सांसद रहेको यो समूहको दाबी छ ।

    अब नेपालले खोल्ने दलको नाम के राख्ने भन्ने बारेमा नेपालले दल दर्ताको तयारीमा रहेका नेताहरुसँग भने परामर्श गरिरहेका छन् । एक विश्वस्त स्रोतका अनुसार, नेपालले पार्टी नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने प्रस्तावमा छलफल गरिरहेका छन् । पार्टीको नामका बारेमा नेपालले दल दर्ता पछि अन्तिम समयमा एक पटक आफनो समुहका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्न सकिनेमा पनि छलफल चलिरहेको छ ।

    यसका अतिरिक्त नेपाल पक्षकै विद्यार्थी नेताले यस अगाडी नै दर्ता गरेको नेकपा (एकीकृत) र चुनाव चिन्ह कलमका विषयमा पनि छलफल भईरहेको छ । यसलाई पनि एउटा विकल्पका रुपमा लिन सकिएला तर त्यसरी जाने तिर भन्दा नयाँ ढंगले नै जाने तिर हुन्छ होला । नेपाललाई दिल्लीमा उपचार गरिरहेका नेता झलनाथ खनालले भने साथ दिने वचन दिईसकेका छन् । पार्टीमा अध्यक्ष र वरिष्ठ नेता मात्र राख्ने, अन्य पदाधिकारी राख्ने, नराख्ने र केन्द्रीय कमिटि सानो आकारको कति सम्म बनाउने भन्नेमा पनि नेताहरुका बीचमा छलफल छ ।

    अहिले एमालेमा रहेका मध्ये नेपाललाई साथ दिने सबै केन्द्रीय सदस्य नयाँ पार्टीको अनिवार्य केन्द्रीय सदस्य हुने र केही छुटनै नहुने, दुई, पाँच जनालाई मात्र थप गरेर बढीमा दुई डिजिटभित्रै समेटने गरी केन्द्रीय कमिटि बनाउने तयारीमा नेपाल समुह छ । त्यसो हुँदा ९९ जना भन्दा कमकै केन्द्रीय कमिटि नेपालले बनाउने तयारी गरेका छन् । तत्काल कुनै कम्युनिष्ट घटकसँग एकता नगर्ने र चुनावमा भने मोर्चावन्दी गरेर गठबन्धन निर्माण गरेर जान सक्ने गरी योजना बनाउन लागिएको तयारीमा रहेका नेताहरुको भनाई छ ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.