काठमाडौं – बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गए राति बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्नले डर्टमुन्डलाई ३–१ गोलले पराजित गरेको हो ।
खेलमा बार्यनलाई जित दिलाउन फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका हुन् भने थोमस मुलरले एक गोल गरे । यस्तै डर्टमुन्डका मार्को रिउसले एक गोल गरे । खेलको ४१औं मिनेटमा रोबर्टले गोल गरी बायर्नलाई अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको शुरुमै थोमस मुलरले, ६४औं मिनेटमा कप्तान मार्को रिउसले र त्यसपछि रोबर्टले गोल गरे । प्रि–सिजन र बुन्डेसलिगाको पहिलो खेलमा जित निकाल्न नसकेको बायर्नले सुपर कपमा जित निकालेको छ ।
