काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीभित्रै निरंकुशतावादी र फाँसीवादी प्रवृत्ति देखिएको बताएका छन् ।
बुधबार रामवृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले कम्युनिस्ट पार्टीभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको यस विरुद्ध आन्दोलन गर्नुपरेको बताए ।
उक्त कार्यक्रममा प्रचण्डले ओवादी कै त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको दावी पनि गरे । प्रतिगमनकारी प्रवृत्ति तत्काल परास्त भए पनि शहीदको सपना पुरा गर्न लामो लडाइँ लड्न बाँकी रहेको पनि उनले बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि संविधान जारी भएपनि समाजवादको यात्रा अझै जारी रहेको उनले बताए ।
