काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।
एमाले विभाजन भएपछि माधव नेपाल पक्षबाट वार्ता गर्दै आएका भुसाल बुधबार ओलीसँग वार्ताका लागि बालकोट पुगेका हुन् ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सिफारिस गरेलगत्तै एमाले विभाजन गर्न नहुने र एकता हुनुपर्ने भन्दै भुसाल सक्रिय रहेका थिए । तर आज माधव नेपाल नेकपा एमाले (समाजवाद) पार्टी दर्ताको लागि निर्वाचन आयोग पुगेपछि भुसाल ओलीलाई भेट गर्न पुगेका हुन् ।
मंगलबार पनि भुसालले ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिनुपर्ने बताएका थिए । एमाले एकता गर्ने पक्षमा रहेका भुसाल अहिले अझै पनि एमाले विभाजन रोकेर नेपाललाई फर्काउन सुझाव दिन ओली कहाँ पुगेको बताइएको छ ।
