काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । शाक्यले बुधबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसँग शपथ लिएकी हुन् ।
नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्यलाई बुधबार नै प्रदेश प्रमुख प्रसाइँले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शाक्य पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।
यस अघि एमाले संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।
