काठमाडौं । बिहिबार गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक देखि र सामान्य बदली रहेको छ।बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको देखिन्छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।
