काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सो कुरा बताएका छन् ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा विभाजन भएका छन् । यसैबिषयलाई टिप्पणी गर्दै थापाले कांग्रेस फोहोरी बाटोमा हिडेको र यो शुभ संकेत नभएको बताएका हुन् ।
उनले दल फुटाउन प्रोत्साहित गर्ने गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको बताएका छन् ।
उनले लेखेका छन् – ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन
