काठमाडौँ – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ दल दर्ता गरेका माधव नेपाललाई बधार्इ तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत डा भट्टराईले नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ दल दर्ता गर्ने नेपाललाई बधाई दिएका हुन् । उनले आफैले बनाएको थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ घर बनाउने अभियानमा लागेका नेपाललाई धन्यवाद भनेका छन् ।
पार्टीहरू फुट्नु राम्रो नमानिए पनि पुरानो ध्वस्त नभई नयाँ निर्माण नहुने भन्दै भट्टराईले भने – ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् ‘
उनले लेखेका छन् – ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal
र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस!
