भदौ ३ काठमाडौं ।घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्
नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ । श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ।पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।
घटना आज बिहान करिब साढे ३ बजेतिरको हो ।अविरल वर्षाका कारण घर माथिको सडकबाट पहिरो जाँदा घर पुरिएको हो ।घर पुरिँदाश्यामबहादुर घलान घाइते हुनुभएको छ । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।
