सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
‘सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन, एक जनाको लापरबाहीले व्यापक जोखिम बढ्ने हुँदा जनचेतना फैलाउन जरूरी छ’, उनले भने,’ यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ।’
यस्तै, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएकोले मास्कबिना हिँडडुल नगर्न सर्वसाधारणमा आग्रह गरे।
‘मास्क नभएका ठाउँ उपमहानगरपालिकाले नि:शुल्क मास्क वितरण गर्छ, मास्क किन्न सक्नेले अनिवार्य मास्क प्रयोग गर्नुहोला’, उनले भने।
उनले सबै नागरिकलाई अनिवार्य मास्क लगाए, नलगाएको सुरक्षाकर्मीले निगरानी गरिदिन अनुरोध समेत गरे।
कैलालीका प्रमुख जिल्ला खगेन्द्र रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कबिनै भिडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए।
उनले अभियानमा मास्क नभएकालाई नि:शुल्क वितरण गर्ने तथा बिनामास्क हिँडडुल गर्नेलाई भने जरिवाना तिराउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
