भदौ ०३ पर्सा । नेपाल प्रहरीले पर्साबाट ६ किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्। उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।शंकास्पद रुपमा पैदल हिँठिरहेका उनलाई प्रहरीले रोकेर झोला जाँच गरेको थियो।उनले बोकेको कालो साइड ब्यागभित्र ६ किलो १६८ ग्राम चाँदीका तयारी गरगहना फेला परेको हो ।सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
पर्साबाट ६ किलो चाँदीका गहनासहित एक पक्राउ
पर्साबाट ६ किलो चाँदीका गहनासहित एक पक्राउ
तपाईको प्रतिक्रिया
