• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अनुदानको चिनीमा व्यवधान


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • काठमाडौँ, भदौ ४ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी महँगो भएको छ । सरकारको स्वीकृतिमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ मा भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात सकिन थालेसँगै बजारमा चिनी महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५/२० दिनयता चिनीको प्रतिकेजी खुद्रा मूल्य ९० देखि ९५ रुपियाँ रहेको छ ।

    Advertisement

    कर्पोरेसनका अनुसार कर्पोरेसनसँग मौज्दात चिनी अब एक/डेढ सय मेट्रिक टन मात्रै छ । सरकारी अनुदानको चिनी खरिद तथा बिक्रीका लागि जिम्मा पाएको कर्पोरेसनसँग चिनी मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरिदको अनुुमति दिएको छैन ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिद गर्न गत ९ वैशाखमा अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । वाणिज्य मन्त्रालयले पटकपटक पत्राचार गरे पनि अर्थ मन्त्रालयले स्वीकृत नदिँदा चिनी आयात गर्न ढिलाइ भएको बताइएको छ । जसको परिणाम यो वर्ष दशैँ, तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।

    वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिनुुभयो । भन्सार छुटमा चिनी आयात गर्न सहमति दिनका लागि अर्थ मन्त्रालयमा चार महिनाअघि प्रस्ताव पेस गरेको भन्दै उहाँले भन्नुुभयो, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुनसक्ने देखिएको छ । ”

    चाडपर्वमा बजारमा चिनीको माग र खपत पनि बढ्ने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेसनमार्फत भन्सार छुटमा चिनी आयात हुँदै आएको थियो तर यो वर्षका लागि अहिलेसम्म स्वीकृत भएको छ । कर्पाेरेसनका अनुसार चिनी आयात गर्नका लागि टेन्डर गर्न ४५ दिन त प्रक्रियामै लाग्छ ।

    कर्पाेरेसनका नायब कार्यकारी निर्देशक कुमार राजभण्डारीले चिनीको मौज्दात सकिन लाग्दासमेत सरकारबाट खरिदको स्वीकृत नभएकाले दशैँअघि चिनी खरिद गर्नसक्ने सम्भावना टर्दै गएको बताउनुुभयो । वाणिज्य मन्त्रालयका सहप्रवक्ता केसीले छोटो बाटोबाट सीधै अर्थ मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पेस गरेमा मात्रै दशैँअघि भन्सार छुुटको चिनी आउने अन्यथा आउने अवस्था कम भइसकेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “चिनी खरिदका लागि अहिलेसम्म स्वीकृति नै भएको छैन ।
    स्वीकृत भइहाले पनि मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ, वाणिज्य मन्त्रालय मन्त्रीविहीन छ । मन्त्री नआएसम्म त्यो प्रक्रिया अगाडि बढ्न सक्दैन । ” उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिना भने अर्थ मन्त्रालयकै कारण चिनी खरिद ढिला भएकाले अर्थले दसैँअघि चिनी ल्याउने बाटो खोल्नुपर्ने बताउनुुभयो ।

    यस वर्ष ८० हजार मेट्रिक टन चिनीको उत्पादन कम भएको उद्योगीको भनाइ छ । मुलुकमा वार्षिक दुुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा यो वर्ष एक लाख १० हजार मेट्रिक टन मात्र उत्पादन भएको चिनी उत्पादक सङ्घको तथ्याङ्क छ ।
    देशमा वार्षिक दुुई लाख ५० हजार मेट्रिक टन माग रहे पनि गत वर्षदेखि नै उत्पादनमा कम आएको थियो । उद्योगीका अनुसार गत वर्ष नै ७० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । बजारमा तीन महिना अघिदेखि नै चिनीको मूल्य बढेको छ ।

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.