• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं, भदौ ४ गते । प्रयोग भएका अक्सिजन सिलिण्डर पुनः रिफिलका लागि उद्योगसम्म फिर्ता नहुँदा अक्सिजन व्यवस्थापनमा चुनौति थपिएको छ । कोरोना संक्रमण दर बड्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशलाई अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएपनि अझै खाली सिलिण्डर उद्योगसम्म आइनपुगेको व्यवसायीहरुले बताएका छन् ।

    Advertisement

    सीता मेडिकल अक्सिजन उद्योगका सञ्चालक तथा अक्सिजन उत्पादक संघका सदस्य प्रल्हाद तिमिल्सिनाले भरेर प्रयोगका लागि बजारमा गएको सिलिण्डर कुनै पनि उद्योगसम्म रिफिलिङका लागि आइनपुगेको बताउनुभयो । अक्सिजन भण्डारण गर्ने व्यवस्था नभएको र प्रयोग भएका सिलिण्डर समेत पुनः रिफिलका लागि नआएपछि उद्योगहरुले उत्पादन बन्द गरेर बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

    तेस्रो भेरियन्ट आउनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापन गर्न चासो देखाएको थियो । प्रदेशहरुलाई अक्सिजन व्यवस्थापन गर्न मौज्दात राख्न र खाली सिलिण्डर भर्न निर्देशन दिएको छ । तर व्यवसायीहरुले यसअघि प्रयोग गरिएका खाली सिलिण्डर उद्योगसम्म फिर्ता नआएको बताउँदै व्यवस्थापनमा चुनौति हुनसक्ने बताएका हुन् ।

    मन्त्रालयले संक्रमण अवस्थालाई मध्यनजर गरी अक्सिजन व्यवस्थापन गर्न निर्देशन दिएपनि प्रदेश सरकारले प्रभावकारी तयारी गर्न सकेको पाइएको छैन । दोस्रो लहरकाबेला २४ घण्टा चालू अवस्थामा रहेका अक्सिजन उद्योगहरु अहिले कामविहीन बनेकाछन् । वितरण गरिएका सिलिण्डर खाली भएपछि खोजी तथा प्रभावकारी व्यवस्थापन नगरे अक्सिजन अभाव खेप्नुपर्ने अक्सिजन उत्पादक सङ्घका सदस्य तिमिल्सिनाले बताउनुभयो । सरकारले अक्सिजन उद्योगहरुलाई ५० हजार गोटाका दरले सिलिण्डर जिम्मा लगाई अक्सिजन भण्डारण गर्न दिदाँ उपयुक्त हुने उहाँको सुझाव छ ।
    काठमाडौंमा रहेका अक्सिजन उत्पादन गर्ने सातवटा उद्योग सिलिण्डर अभावले उत्पादन बन्द गरेका छन् । खाली भएका सिलिण्डर भरेर राख्न सकियो भने मात्र आवश्यक पर्दा सरकारले सजिलै आपूर्ति गर्नसक्छ नत्र सम्भावना नभएको व्यवसायीहरुको भनाई छ ।

    प्रदेशहरुको तयारी
    प्रदेश १
    प्रदेश १ सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका ३३५ वटा सिलिण्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका स्टोरकिपर मानबहादुर मगरले जानकारी दिनुभयो । ३५ वटा मात्र सिलिण्डर बाँकीमध्ये अमेरिकी दुतावासले ५०० थान उपलब्ध गराएको र दुई सय थान वितरण गरिसकेपछि हाल ३३५ थान बाँकी रहेको हो । यता प्रदेश १ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराइकाअनुसार प्रदेश अन्तर्गत १४ वटा अस्पतालमध्ये आठवटामा अक्सिजन प्लान्ट निर्माणका लागि डेढ करोड रुपियाँका दरले बजेट विनियोजन भएको र बाँकी मेची अस्पताल झापा, भोजपुर, संखुवासभा, पाँचथर, उदयपुर, धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट जडान सम्पन्न भएको बताउनुभयो । खाली सिलिण्डर फिर्ता गरी भरेर तयारी अवस्थामा मौज्दात राख्ने काम भने नभएको उहाँले बताउनुभयो ।

    प्रदेश २
    प्रदेश अन्तर्गत रहेका १४ वटै अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण प्रक्रिया अघि बडाएको, ढल्केवर, जनकपुर र सिमरामा निजी उद्योगहरु भएका कारण अक्सिजन व्यवस्थापनमा समस्या नहुने सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रवक्ता ठुलोवावु दाहालले बताउनुभयो । निजी उद्योगहरुसँग व्यवस्थापकीय नियन्त्रण गरेर आपूर्तिलाई सहज बनाउने गरी काम अघि बढाइएको उहाँको भनाई छ । संक्रमण दर बृद्धि हुँदै गएसँगै प्रदेश सरकारले प्रदेशभित्र रहेका सिलिण्डरलाई रिफिल गर्ने काम अघि बडाएको उहाँले बताउनुभयो ।

    बागतमी प्रदेश
    वागतमी प्रदेश मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्य संघीय सरकारले दिएको निर्देशन अनुसार सम्वन्धित मन्त्रालय र आपुर्ती केन्द्रलाई एक हजार सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको बताउनुभयो । प्रदेश अन्र्तगतका अस्पतालहरुमा अक्सिजन प्लाण्ट निर्माणको काम अघि बडाइएकाले तत्काल अक्सिजन आपूर्तिमा समस्या नपर्ने उहाँले बताउनुभयो ।

    गण्डकी प्रदेश
    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशका प्रवक्ता रामेश्वर अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजनसहितको सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको बताउनुभयो । प्रदेशभित्र रहेका अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले अक्सिजन आपूर्तिलाई थप सहज बनाउन अस्पतालमा वितरण गरिएको खाली सिलिण्डरको व्यवस्थापन गर्न समेत लागिपरेको उहाँले बताउनभुयो ।

    लुम्बिनी प्रदेश
    लुम्विनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका रोसन तिमिल्सीनाकाअनुसार आपूर्ति केन्द्रमा ७२५ थान खाली सिलिण्डर मौज्दात रहेको र ५०० थान भरी सिलिण्डर जिल्ला अस्पतालमा वितरण गरेको जानकारी दिनुभयो । १० वटा जिल्ला अस्पताल दुईवटा प्रादेशिक अस्पताल र भेरी अस्पताल गरी १३ वटामा पाँचसय बढी सिलिण्डर थप मौज्दात रहेको उहाँको भनाई छ । खाली सिलिण्डर भर्न अस्पताललाई निर्देशन दिएको जनाएको छ ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार एक हजार थान भरेको अक्सिजन सिलिण्डर मौज्दात राख्ने निर्णय भएअनुसार आठ सय सिलिण्डर मौज्दात राखेको बताउनुभयो । उहाँका अनुसार प्रदेश मातहतका १३ वटा स्वास्थ्य सेवा कार्यालयमा ३२ सय थान सिलिण्डर प्रयोगमा रहेका छन् । यता प्रदेश अन्तर्गतका अस्पतालहरुमा अक्सिजन प्लाण्ट निर्माण हुनेक्रममा रहेको जनाएको छ ।

    सुदुरपश्चिम प्रदेश
    सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई कम्तिमा एक हजार थान सिलिण्डर भरेर स्टक राख्न निर्देशन दिइसकेको बताउनुभयो । प्रदेशभित्र बाँकी रहेका खाली सिलिण्डर तत्काल भर्न निर्देशन दिइ सकेकाले आपुर्तिमा समस्या नहुने उहाँले जानकारी दिनुभयो ।

    सबै प्रदेश सरकारले अक्सिजनको दिगो व्यवस्थापनका लागि प्रत्येक ठूला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरेको जनाएको छ । प्रत्येक जिल्लामा कम्तीमा एउटा प्लाण्ट पर्ने गरी वजेट व्यवस्थापन गरी काम शुरु गरेको प्रदेश सरकारहरुको भनाई छ ।
    कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिण्डरको अभाव भएपछि चीन सरकारले २० हजार सिलिण्डर र ओमानबाट गैरआवासीय नेपालीले ५६७ थान सहयोग गरेको थियो । केही व्यापारीले निजी तवरबाट र विभिन्न दातृसंस्थाले गरी करिब २६ हजार अक्सिजन सिलिण्डर नेपालमा भित्रिएको थियो । सरकारी तथ्याङ्कअनुसार एक लाख ४९ हजार २१४ वटा मेडिकल अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ । हाल दुई लाख ५० हजारभन्दा बढी थान सिलिण्डर रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्याङक छ । तर अहिले ती सिलिण्डर वितरण भएपछि प्रयोग भएर पुनः भर्नका लागि उद्योगसम्म नआएको उद्योगहरुको तथ्यांक छ ।

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.