भदौ ८ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर दुई रुपियाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३०, डिजेल तथा मट्टितेल ११३ र हवाई इन्धनको मूल्य ८६ रुपियाँ कायम भएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ बढाएर एक हजार ४५० रुपियाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर दुई रुपियाँले बढाएको छ ।
पेट्रोलियमको मूल्यवृद्धि
पेट्रोलियमको मूल्यवृद्धि
तपाईको प्रतिक्रिया
