काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि आफूलाई घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको बताएका छन् ।
मंगलबार चन्द्रागिरि रिसोर्टमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि नेता नेपालले सो कुरा बताएका हुन् । उनले ओलीलाई सुध्रन र राम्रो बाटोमा अघि बढ्न पनि आग्रह गरे । उनले भने – ‘केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सधै अघि बढ्नु । सुसंस्कृत र सभ्य बनुन् |’
अध्यक्ष ओलीले सुध्रिएर विचार र धारणा परिवर्तन गरेमा उनको लागि ढोका खुला रहेको पनि नेता नेपालले बताए । उनले भने – ‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’
नेता नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रशंग ल्याउदै आफ्नै सहमतिमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको पनि बताए । उनले भन ‘मेरो सहमतिमै अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुभएको हो । २१ दिनभित्र कता रोज्नु हुन्छ, त्यसपछि सरकारलाई सहयोग गर्ने नगर्ने निर्णय लिन्छौँ ।’
