काठमाडौं – नेकपा एमालेले १०औँ महाधिवेशन मंसिरमा गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १०औँ महाधिवेशन आउँदो १० गतेदेखि १२ मंसिरमा निर्णय गरेको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज बसेको बैठकले १०औँ महाधिवेशन १० गतेदेखि १२ मंसिरमा गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै उनले विधान अधिवेशन असोजको ४, ५ र ६ गते गर्ने निर्णय गरिएको बताए । यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने पार्टिले निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
यस्तै बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको छ ।
यस्तै बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई निर्देशन पनि दिएको प्रवक्ता ज्ञवालीले बताए ।
