काठमाडौं – माधवकुमार नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने भएको छ ।
निर्वाचन आयोगले बुधबार नेपालको नयाँ पाटी नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको छ ।
एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगले दिएको प्रमाणपत्र अनुसार पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर रहने भएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएको छ। ठाकुरको पार्टीको कार्यालय काठमाडौंको बबरमहलमा रहने भएको छ ।

