काठमाडौं – इङ्ल्यान्डका कप्तान ह्यारी केन टोटेनह्याममा नै बस्ने भएका छन् । केही समयअघि उनी प्रिमियर लिग म्यानचेस्टर सिटी जान लागेको चर्चा चलेको थियो ।
तर केन आफैले आफु कतै नजाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफु टोटेनह्याममा नै बस्ने बताएका छन् । टोटेनह्याम समर्थकले देखाएको अपार मायाबाट कृतज्ञ रहेको बताउदै केनले आफु बसुन्जेल क्लबका लागि सतप्रतिशत दिने बताएका छन् ।
उनले क्लबसँग जुन २०२४ सँग सम्झैता गरेका छन् । लिगको पहिलो खेलमा टोटेनह्यामका प्रशिक्षक नुनो स्प्रिटो सान्टोले केनलाई सिटीविरुद्धको टोलीमा राखेका थिएनन् ।
प्रशिक्षक सान्टोले टिममा नराखेपछि अर्को क्लब जान लागेको चर्चा चलेको थियो । केनले आइतबार उल्भरह्याम्पटनविरुद्ध पहिलो खेल खेलेका थिए ।
