काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपीएलP को साविक विजेता ललितपुर प्याट्रीयट्सले इंग्ल्याण्डका एक खोलाडीलाई टिममा अनुबन्धित गरेको छ ।
बुधबार क्लबले एक विज्ञप्ति जारी गर्दै इपीएलमा इंग्ल्याण्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । अब इंग्ल्याण्डका एलेक्सले ललितपुरबाट इपीएल खेल्नेछन् ।
इंग्ल्याण्डका देब्रो हाते ब्याट्सम्यानको रुपमा चिनिएका उनले टी २० मा १४० खेल खेलेका छन् । ललितपुरको लागि एलेक्स यस सिजनको पहिलो विदेशी खेलाडी हुन् ।
आगामी ९ देखि २३ असोजसम्म चल्ने यस प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स इलावेन, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, विराटनगर्स वारियर्स चितवन टाइगर्स गरि ६ शहरका टिमले सहभागी जनाएका छन् ।
