भदौ १० काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इञ्जिनियरिङ कलेजलाई पढाइ शुल्क नलिन पत्राचार गरेको छ ।
प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनियरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पत्राचार गरेको हो ।
समितिले मङ्गलवार ‘इञ्जिनियरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो
