काठमाडौं – अविरल बर्षासँगै आएको बाढीले नवलपरासी नवलपुरको २३ स्मृति नजिक डाइभर्सन बगाएको छ ।
बाढीले गएराति डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएको छ । पानी परिरहेकोले डाइभर्सन मर्मतको कार्यमा कठिनाई भइरहेको जनाइएको छ ।
यस्तै अविरल बर्षाका कारण थुम्सी, भेडाबारी लगायतका स्थानका डाइभर्सनमा बाढीका कारण गाडी सञ्चालनमा समस्या भइरहेको जनाइएको छ ।
यस्तै बाढीका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका लगायतका स्थान डुबानमा परेका छन् ।
