चितवनको माडी स्थित मगोई खोलामा आएको बाढीले निर्माणधिन पुल बगाएको छ ।
हिजो रातिदेखि आएको अबिरल बर्षाका कारण आएको बाढीले पुल ढलाई गर्न तयारी गरिएको सेल्ट्रिङ र प्लाई बगाएको हो । यस्तै माडीमा रहेका खहरे खोला बढ्दा यातायात सेवा समेत पुर्ण रुपमा अवरुद्ध भएको छ । माडी–ठोरी हुलाकी सडक अन्तर्गतका सबै यातायात सेवा अवरुद्ध भएको माडी प्रहरीले जानकारी दिएको छ । माडीमा बर्षा हुनासाथ दर्जनौँ खहरे खोला उर्लिएर आउने गर्दछन् ।
जसका कारण बर्षामा यात्रा गर्न कठिन हुने गरेको छ । अहिले त्यहाँ केही खोलामा पुल निर्माणाधिन चरणमा रहेका छन् ।
