पछिल्लो केहि वर्ष यता मानिसहरुमा थाईराईडको समस्या आउन थालेका छन् । थाइराइड घाँटीमा हुने एक प्रकारको रोग हो । यस रोग लागे पछि घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने लगाएतका समस्याहरु देखा पर्छन् । त्यसैले आज हामी तपाईहरुलाई थाईराईड भएको बेला खान हुने कुराहरुको बारेमा जानकारी दिन गई रहेका छौं । जस्ले थाईराईलाई सन्तुलन राख्न सहयोग गर्दछ ।
फलफूल
फलफूलमा एन्टिअक्सिडेन्ट पाईने भएकोले थाइराइडका रोगीले फलफूलको अत्यधिक सेवन गर्नुपर्छ । जसले रोग प्रतिरोधी क्षमता बढाएर थाइराइडका कारण आउने समस्याबाट बचाउँछ ।
बेसार
एक गिलास दूधमा बेसारको पाउडर हालेर पिउँने गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।
लौकाको जुस
थाइराइड बढ्ने र घट्ने समस्यामा लौकाको जुस पिउने गर्नुपर्छ ।
तुलसी
दुई चम्चा तुलसीसँग आधा चम्चा घयूकुमारीको जुस मिसाएर हरेक दिन सेवन गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।
माछा
समुन्द्री माछाहरु सेलफिश र झिंगामा आमेगा ३ फ्याटी एसिड पाईने भएकाले थाइराइडका बिरामीले माछाको सेवन गर्नुपर्छ । जसले थाइराइडका रोगीलाई फाइदा पुर्याउँछ ।
