• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जो विदेशको जागिर छाडेर भेडीगोठमा व्यस्त छन्


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • म्याग्दीको रघुगंगा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।

    Advertisement

    युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्।

    युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र संघर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुगेका हुन्।

    ‘वर्षौं विदेशमा बसें, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैंभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जंगलको गोठको दैनिकीलाई रोजेको हुँ’, उनले भने।

    भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरू गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन्।

    घरमा पुर्ख्यौली रूपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब रु सात लाख बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताए।

    पाँच वर्षदेखि भेडापालन गर्दै आएका उनले वनजङ्गलमा घुम्ती गोठ राख्दै आएका छन्। भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउने उनले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको अनुभव सुनाए।

    उनका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गरेका छन्।

    प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पसेका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने गरेको बताए।

    ‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिए, तर आजभोलि सामान्य लाग्छ’, उनले भने।

    पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गरेका छन्।

    रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरू गरेका थिए।

    भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ।

    हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुँदै आएका छन्।

    एक सयको हाराहारीमा वार्षिकरूपमा भेडा गोठमा थपिन्छन्।

    ‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु’, गर्बुजाले भने।

    यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ।

    घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ। खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ। गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ।

    यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि।

    रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाला जीवन सुरू गरेका हुन्।

    मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्केका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थालेका थिए।

    ‘अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ, अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु’, पुनले भने।

    उनले अहिले भेडापालनबाटै परिवारको जीविकोपार्जन गर्छन्।

    सात वर्षदेखि भेडापालन गर्दै आएका उनले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको सङ्ख्या बढाउन लगानी गर्दै आएका छन्।

    उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उनलाई।

    भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन्। चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाइ छ।

    ‘सहरको जस्तो सुखसयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु’, उनले भने।

    पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए। बुवाको पालामा छाडेको भेडापालनलाई पुनःसुरू गरेका पुनलाई उनका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन्।

    छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाइ छ।

    गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बेंसीका फाँटसम्म झार्ने गरिन्छ। म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन्।

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.