• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बागलुङका ठूला आयोजना : न काम, न कारबाही


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • बागलुङ । धौलागिरि अस्पतालको ‘सी’ ब्लक भवन निर्माण सुरुवात भएको आठ वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यस अवधिमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै बागलुङका सांसद प्रधानमन्त्रीदेखि मन्त्रीलाई समेत भेटे । प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले गण्डकी प्रदेशको पहिलो बैठकमा अस्पताल निर्माणको जिम्मेवारी पाएको आशिष–मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि शीतल ढकाललाई कारबाहीको माग गरे । उनले कारबाहीको माग गरेको नै चार वर्ष पुग्न थालेछ ।

    Advertisement

    अस्पताल मात्रै हैन, जिल्लामा सञ्चालित अन्य ठूला आयोजनाका ठेकेदार न समय निर्माणको काम पूरा गर्छन्, न उनीहरुलाई कारबाही नै हुने गरेको छ । ट्रयाक खुलेको २५ वर्ष बित्दासमेत कालोपत्रे गर्न नसकेको मध्यपहाडी लोकमार्गका दुई निर्माण व्यवसायीले समेत म्याद थप गर्दै रकम बुझ्दै गरेका छन् । पटक–पटक संघीय संसद् र प्रदेशसभामा लोकमार्गका ठेकेदारलाई कालोसूचीमा राख्न सांसदले माग उठाइरहे पनि कतै सुनुवाइ भएको देखिँदैन ।

    निर्माण कम्पनीलाई न त काम नै गराउन सकिन्छ, न सरोकारवालाले कालोसूचीमा राखेर पुनः ठेक्का लगाउन सक्छ । कारबाही गर्ने, कालो सूचीमा राख्ने, ठेक्का रद्द गर्ने त कहाँ हो कहाँ ? उल्टै निर्माण व्यवसायी पोस्ने काम भइरहेको प्रदेशसभा सदस्य सापकोटाको गुनासो छ । “प्रदेशसभाको पहिलो बैठकमा अस्पतालको ठेकेदारलाई कारबाही गर्न माग गरेको थिए, चार वर्ष बितेछ”, उनले भने, “ठेकेदारले कर्मचारीको मिलेमतोमा म्याद थप गर्दै आयोजना अलपत्र पार्दै आएका छन्, उनीहरुले कि काम गर्नु प¥यो हैन भने हटाएर नयाँ निर्माण व्यवसायी ल्याउन सरकार र यसका संयन्त्र चुकिरहेको छ ।”

    जिल्लाबाट निर्वाचित अधिकांश सांसदका संसद्मा सधैँ गुनासो हुन्छ । ठेकेदारले काम नगर्दा आफूहरु समेत बदनाम हुने गरेको विषय राखेका पनि छन् तर, माथिल्लो तह र कर्मचारीबाट तिनै ठेकेदारलाई कारबाहीको सट्टा म्याद थप मात्रै गर्ने प्रवृत्ति मौलाउँदा अस्पताल भवन, लोकमार्गको बागलुुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक, अर्को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङखण्डको दूरावस्था, बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेमा ढिलाइ भएको छ भने बसपार्कको काम तीन पटक म्याद थप गरेपछि बल्ल अन्तिम चरणमा आएको छ ।

    यसरी जिल्लामा सञ्चालित साना ठूला आयोजना समयमै सकिएको सायदै छैन । यसको मुख्य कारण सरोकारवाला निकायभन्दा निर्माण व्यवसायी शक्ति र पहुँचवाला भएको प्रष्ट देख्न सकिन्छ । राजनीतिक आडमा ठेक्का हत्याउने, केन्द्रीय नेता र कर्मचारीसँग मिलेमतो गरेर म्याद थप्दै आयोजना लम्बाउने कार्य हुँदै आएको अधिकारकर्मी राम शर्माले बताए ।

    “राजनीतिक आडमा ठेक्का ल्याउने निर्माण व्यवसायीको पुरानै शैली हो, ठेक्का घटाएर ल्याउने काम गुणस्तरहीन हुने, समयमै नसकिने ठेकदार र कर्मचारी मोटाउँदै जाने हुन्छ”, उनले भने, “न त अहिलेसम्म बागलुङका कुनै आयोजनामा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाही भएको छ, न समयमै निर्माण सकिएको छ, यसले सरोकारवालाको विकासप्रतिको चरम उदासिनता मात्रै देखाउँछ ।”

    विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरु भएको ४० कोठे अस्पताल भवन पटक–पटक म्याद थप्दा समेत सम्पन्न नहुँदा अस्पतालले गुणस्तरीय सेवा दिन असहज भएको छ । कोरोना महामारीका कारण अस्पतालमा बिरामीको चाप भए पनि सि ब्लक भवनलाई ल्याएका सामाग्री थन्काएर राख्नु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

    विसं २०७० असार ३ मा तीन वर्षमा निर्माण सक्ने गरी आशिष–मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि भ्याटबाहेक १० करोड छ लाख ६६ हजार ६ सय ५५ लाखमा अस्पतालको ‘सी’ ब्लक ठेक्का सम्झौता गरेको थियो । जिल्लाको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो ।

    उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी–एससिएफ–इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो तर, पटक पटक म्याद थप्दासमेत आयोजना अझै सकिएको छैन । सोही ठेकेदारलाई म्याद थप गरिँदै आइएको छ । उनीहरुलाई कालोसूचीमा राखेर नया ठेक्का लगाउनुपर्ने स्थानीयको माग रहेको भए पनि आयोजना कार्यालयले भने लागत अनुमान बढेर जाने जवाफ दिँदै आएको छ ।

    लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीका अनुसार बागलुङ घोडाबाँधेसम्मको दुई निर्माण व्यवसायीसँगको ठेक्का पुस मसान्तसम्म थप गरिने बताए । कोरोनाका कारण सरकारले छ महिना म्याद थप्ने प्रावधानअनुसार म्याद थपको कार्यमा गएको उनको भनाइ छ ।

    उनका अनुसार उनीहरुलाई कारवाही गरेर नयाँ ठेक्कामा जादा आयोजना झनै लम्बिने भएकाले पुस मसान्तभित्र आयोजना सक्न निर्देशन गरिएको छ । जिल्ला सदरमुकामदेखि घोडाबाँधे सम्मको सडक अहिले कालोपत्रे गर्ने योजना भए पनि बर्सातका कारण दुई किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.