• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओलीले जाली तमसुक गरे, उनको ठगी धन्दाबारे चाल पाइएन : प्रचण्ड


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको ठगी धन्दाबारे आफूले चाल पाउन नसकेको गुनासो गरेका छन् ।  वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले तमसुकमा सही गरेपछि ओलीले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।प्रचण्डले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली  जे बोल्ने त्यो नगर्ने मान्छे रहेछन् ।

    Advertisement

    प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए। पहिलो संसद विघटनमा जितेपछि ढुक्क भएर बसेको प्रचण्डको भनाइ थियो । प्रच्ण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् ।

    ‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेररि ल्याक्स गर्न थाल्दा रहेछौंँ, कुन बेला घन हान्छन् पत्तो हुन्न’, पहिलो पटक ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर भएपछि माधव नेपालसँग मिलेर लड्डु खाएको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनर्स्थपना भएपछि माधवले र मैले लड्डु खाइयो। त्यो लड्डुको स्वाद जान पाएको थिएन दुईटा पार्टी भए । ड्याम्म फेरि टाउकोमा धन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’

    प्रचण्डले आफूले छिट्टै राजनीतिबाट बिदा हुन चाहेको बताएका छन् । युवालाई नेतृत्व हस्तान्तरण गरेर आफू राजनीतिबाट बिदा हुन चाहेको र फूसर्दमा संस्मरण लेख्न चाहेको उनको भनाइए छ । ‘समाजवादी क्रान्तिको नेता हुने अवसर युवामा छ । अब मलाई छिटो भन्दा छिटो बिदा लिएर संस्मरण लेख्न मन छ’, प्रचण्डले भने, ‘तर तपाईहरु तयार नभएसम्म मलाई सुख छैन ।’

    सो क्रममा प्रचण्डले ३८ सालमा आफू युवासंघको अध्यक्ष भएको र विभिन्न परिवर्तनको आन्दोलन देख्दै, भोग्दै यहाँसम्म आईपुगेको बताए । प्रचण्डले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले ठीक विपरीत कार्य गरेको आरोप लगाए । केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे । भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने ‘ रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’ पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि गुठी धन्दामात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाए ।

    ‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नैपथ्यो’, प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनले निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अध्यक्ष र  प्रम पालोपालो बन्ने भन्नेमा सही गरेका छन् । तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ ।’

    गठबन्धनको बैठकमा केपीसँग एकता गरेर के पाउनु भयो भन्ने प्रश्नमा नेताहरुले गरेकोमा आफू नाजवाफ भएको उनले बताए । उनले भने, ‘केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान काँग्रेसलाई काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ ।’ उनले आफूहरु घ्यु भन्दा नरम रहेको तर अत्याचार भयो भने विद्रोह गर्ने पनि आफूहरु नै भएको बताए । प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन

    प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ । उनले पहिलो पटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गरे ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.