• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बनेपाको कन्या पूजा स्थगित


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ।

    Advertisement

    समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको छ । “कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ”, समितिका सचिव सुरकृष्ण वैद्यले भन्नुभयो । उहाँका अनुसार पूर्णरूपमा जोखिम हटेपछि मात्रै कन्या पूजालाई पुनः निरन्तरता दिइनेछ ।

    रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र मनले चिताएको पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिँदै आइएको थियो । बनेपा नगरमा यो पूजाको इतिहास ११९ वर्ष पुरानो भएको बताइएको छ ।

    बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्थ्यो । नेवाः कन्या पूजा नाम दिइएको एउटा टिकलवाला कन्या पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्थ्यो । त्यहाँ वर्षेनी करिब दुई हजार ५०० हाराहारीमा कन्या पुजिन्थे । उक्त पूजालाई गत शुक्रबार पराम्परामै सीमित बनाइएको उक्त समितिले जनाएको छ ।

    यसैगरी बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा वर्षेनी करिब आठदेखि १० हजार कन्या सहभागी हुने गर्दथे । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दथ्यो ।

    कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या पूजामा समितिमार्फत १३५ भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने–जाने प्रक्रिया चलिरहन्छ ।

    बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । स्थानीय समाजसेवी लम्बोदर कायस्थले भन्नुभयो, “रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।” पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकको धुलिखेल, पनौती, भैँसेपाटी, धनेश्वर, दाप्चा, साँगा, दोलालघाट, नालालगायत विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् ।

    अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्व कन्या, किन्नर कन्या र किचकन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएका बताइन्छ । कन्याहरूको स्वागत एवं सम्मनमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापनसमेत गर्छन् ।

    बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आइएको छ ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.