• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पेटको नानीमा सर्दैन सङ्क्रमण


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • काठमाडौँ, भदौ १३ गते । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।
    परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हँुदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हँुदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
    गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ । यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो–छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा. सुवेदीको छ ।
    उहाँका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ । यसरी प्रसूति गराउनचाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।
    प्रसूति गृहमा दैनिक दुई÷तीनजना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा. सुवेदीको छ ।

    Advertisement

    गर्भवतीको सुरक्षा
    गर्भावस्था जोखिमको अवस्था पनि हो । त्यसैले गर्भवती महिलाले खानपान, हिँडडुल र स्वास्थ्य सजगतामा बढी ध्यान दिनुपर्ने हुन्छ । घरभित्रै हिँडडुल गर्दा कोरोना जोखिम कम हुन्छ । खासगरी श्वासप्रश्वास समस्या भएका महिलालाई अत्यधिक प्राथमिकतासाथ उपचार गर्नुपर्ने डा. सुवेदी बताउनुहुन्छ ।

    गर्भवतीले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । उहाँ भन्नुहुन्छ, “भिटामिनयुक्त खानपान, दूध र दूधजन्य पदार्थ, फलफूल, हरियो सागपात, गेडागुडी, माछामासु सन्तुलित रूपमा खानुपर्छ ।”
    त्यस्तै, पानी प्रशस्त पिउनुपर्छ । घाममा बस्दा ‘भिटामिन डी’ पाइने भएकाले गर्भवतीलाई विशेषगरी बिहानीपखको घाममा बस्नुपर्छ । गर्भवती भएको अवस्थामा रासायनिक परिवर्तन हुने भएकाले त्यसको सन्तुलनका लागि खानपान तथा सन्तुलित व्यायाम आवश्यक हुने डा. सुवेदीको सुझाव छ ।

    गर्भवती महिलाले सुत्ने आसनमा पनि सचेत हुनुपर्छ । गर्भवती महिलाले बेलुका बेलैमा सुत्ने र आठ घण्टा मस्त निदाउनुपर्ने हुन्छ । मनोचिकित्सक तृष्णा घोषले गर्भावस्था तनाव निकै बढी हुने हुनाले आफूलाई प्रिय लाग्ने सङ्गीतको धुन सुन्नुपर्ने बताउनुहुन्छ । सकारात्मक समाचार सामग्री हेर्ने, सुन्ने तथा पढ्नाले शारीरिक तथा मानसिक रूपमा ऊर्जा मिल्ने उहाँ बताउनुहुन्छ ।
    स्तनपान गराउनुपर्छ
    आमा कोरोना सङ्क्रमित भए पनि प्रसूतिपछि शिशुलाई स्तनपान गराउनुपर्छ । यद्यपि, सङ्क्रमित आमा र शिशुलाई दिनभरि सँगै राख्नुहुँदैन । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ अनिष श्रेष्ठका अनुसार, स्तनपानबाट शिशुमा रोगसँग लड्न सक्ने क्षमता विकास हुन्छ । त्यसैले दुई घण्टा फरकमा स्तनपान गराउँदा राम्रो हुन्छ ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.