गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १० भेडाबारी जंगलको २३ स्मृति पुलको डाईभर्सन मर्मत पछि सञ्चालनमा आएको सडक पुनः अवरुद्ध भएको छ । पानी परेपछि सडलक हिलाम्मे भएको र गाडीहरु फसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी निरिक्षक मधुसुधन सिहंले उज्यालो खबरलाई विहान पौने ८ वजे टेलिफोनमा बताए अनुसार सो सडक पूर्ण रुपमा अवरुद्ध छ । सडक कतिवेला खुल्छ भन्ने बारेमा उनले केहि भन्न नसकिने बताए । “एकछिनमै खुल्छ एकछिनमै बन्द हुन्छ भन्न सकिने अवस्था छैन उनले भने । ”हिजो साँझदेखि सडक सञ्चालन भएपछि किनै कष्टका साथ केहि सवारीसाधनहरु सञ्चालन भएका थिए ।
पटक पटक सो सडक खण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।
