• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमाले फुटाएर रिस्क लिएका माधव नेपाललाई प्रचण्ड र देउवाको उपहार


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत भोली मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गरेर उक्त निर्णय गरेका हुन् ।

    Advertisement

    आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सम्भवत भोली मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गर्दै फाईनल लिष्ट समेत मागेका हुन् । जनता समाजवादीका नेताहरु राजधानी बाहिर भएकाका कारण भोली नभए पर्सी सम्ममा जसरी पनि विस्तार गर्ने टुंगो लागेको हो ।

    आजको छलफलमा प्रधानमन्त्रीले कसैलाई पनि उप-प्रधानमन्त्री नदिने समेत उल्लेख गरेका छन् भने सबै दललाई ५-५ वटा मन्त्रालय बाढ्ने समेत टुंगो लाएका छन् । आ-आफ्नो भागमा कुन मन्त्रालय पर्ने बारे समेत आजको छलफलमा ३ नेताहरुले फाईनल गरेका छन् ।

    माधव नेपालले नेकपा एमाले पार्टी फुटाएर गठबन्धनलाई विश्वास गरेको कुरा प्रचण्डले छलफलमा निकालेर माधव नेपालको त्यागलाई सम्मान समेत गरेका थिए । प्रधानमन्त्री देउवाले समेत माधव नेपालको योगदानलाई आत्मसाथ दिए । संसद र संविधानमाथी  केपी ओलीले आक्रमण गरिरहेको बेला आफ्नो पार्टी त्यागेर संविधान जोगाउन गरेको त्यागलाई गठबन्धनले माधव नेपालको सम्मान गर्नुपर्ने कुरा प्रचण्डले छलफलमा निकालेका थिए ।

    बालुवाटार श्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई आफ्नो भागबाट एक एक मन्त्रालय माधव नेपाललाई दिनुपर्ने माग राखेका हुन् । माधव नेपालको त्यागका कारण कांग्रेसले प्रधानमन्त्री बन्ने अवसर पाएको स्मरण गराउंदै प्रचण्डले माधव नेपाललाई आफूहरुको कोटा बाट एक एक मन्त्रालय दिने प्रस्ताव राखेका थिए ।

    प्रधानमन्त्री देउवाले प्रचण्डको प्रस्तावलाई साथ दिएका छन् तर दिने निर्णय भने गरेका छैनन् । यस बारेमा प्रचण्डसंग फेरि छलफल गर्ने कुरा देउवाले उल्लेख गरे भने प्रचण्डले माधव नेपाललाई गठबन्धनको तर्फबाट सम्मान स्वरुप उपहार दिनसक्ने कुरा प्रस्तुत गरे ।

    माधव नेपाललाई अहिले पार्टीमा सांसदहरुलाई भागबण्डा मिलाउन हम्मे हम्मे परेको बेला दुई मन्त्रालय बढी दिंदा नेता नेपालको तनाव सहज हुने तर्क प्रचण्डले प्रस्तुत गर्दै प्रधानमन्त्री देउवालाई मनाएका छन् । प्रधानमन्त्री देउवाले भोली बिहान सम्ममा यो बारे निर्णय लिउँला भनेर यो विषयमा बिट मारेका छन् ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.