काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार बिहानको लागि पार्टी अध्यक्ष नेपालले बोलाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकोले एकीकृत समाजवादीले आफ्नो पार्टीबाट को को सरकारमा जाने भन्ने बारेमा छलफल गर्नको लागि बैठक बोलाइएको हो ।
नयाँ सरकार गठन भएको लामो समय वित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको थिएन । प्रधानमन्त्री देउवाले नेपालको नयाँ दल निर्माणको पर्खाइमा रहेका थिए ।
आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल भइरहेको बताएका थिए । नेपालको नयाँ पार्टीबाट सरकारमा जान वेदुराम भुसाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतका नेताहरु चर्चामा छ ।
आइतबार बिहान पनि मन्त्रिपरिषद् विस्तार गर्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो ।
