चितवन । आज सांँझ टिकौली जंगलमा सवारीसाधनले भाले मृगलाई ठक्कर दिएको छ । जांँदा बाटो पार गर्नेक्रममा ठक्कर दिँदा मृगको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बयस्क जस्तो देखिने भाले मृगलाई सवारीसाधनले ठक्कर दिँदा मृगको मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने सवारीसाधनको बिषयमा हालसम्म केही खुल्न सकेको छैन । ठक्कर दिएको ठाउंँमा मोटरसाइकलको भाइजर फुटेको देखिएकोले मोटरसाइकलले ठक्कर दिएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा परेर मृग मृत भएको खबर पाएपछि जिल्ला वन कार्यालयको टोलीले मुचुल्का बनाएर मृत मृग लगेको अधिकारीले जानकारी दिए । फरार रहेका सवारी चालकको खोजी कार्य भईरहेको र यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
