• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एकै व्यक्तिको तीनवटा जन्मदर्ता


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • बाँके, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएको छ । केही समयअघि डुडुवा गाउपालिका–१ टेपरीका दिनानाथ मौर्यले गाउँकै स्थानीय एक युवतीसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले दिनानाथको नाममा अपहरण, बेचविखन, बालविवाह उद्योगमा प्रहरीमा उजुरी दिँदा तीन वटा जन्मदर्ता फेला परेको हो । ती युवतीको जन्मदर्ता वडा कार्यालयको रेकर्डअनुसार १ वैशाख २०५९, १० वैशाख २०६० र १ वैशाख २०६४ गरी तीनवटा भेटिएको छ ।

    Advertisement

    पछिल्लो जन्म मितिको आधारमा दिनानाथमाथि प्रहरीमा बालविवाहको मुद्दा दर्ता भएको छ । मंगलबारदेखि उनीमाथि थुनछेक बहस सुरु हुँदैछ । २०६४ सालमा जन्मदर्ता उल्लेख भएकी ती किशोरीको बुवाको २० असोज २०६१ मा नै मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्र वडा कार्यालयबाट जारी भएको छ भने आमाको पनि ३ चैत २०६४ मा मृत्यु भएको मृत्युदर्ता भेटिएको छ । प्रहरीमा मुद्दा परेपछि दिनानाथका आफन्त किशोरीको जन्मदर्ताको प्रतिलिपी लिन जँदा वडाले दिन नमिल्ने भन्दै फर्काएको थियो ।

    दिनानाथकी आमा गीतादेवी मौर्यले आफ्नो निर्दोष छोरालाई फसाउने नियतले झुटो कागज बनाएको दाबी गर्दै भनिन, ‘केटीको बाबुको मृत्यु २०६१ असोजमै भएपछि कसरी २०६४ वैशाखमा छोरी जन्मिइन? जबकी उनको आमाको अर्को विवाह पनि भएको छैन । यो सरासर मेरो छोरोलाई फसाउने षड्यन्त्र हो ।’ उनले आफ्नो छोरा निर्दोष रहेको र उसलाई मुक्त गराई दिनको लागि वडाध्यक्ष, पालिका अध्यक्ष लगायतलाई गुहार्दा पनि सुनुवाइ नगरेको गुनासो गरिन् ।

    स्थानीय रामकुमार बाहुनले वडा कार्यालयले एक व्यक्तिको तीनवटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएपछि वडाबाट त्यसको प्रतिलिपि माग गर्दा आफूहरुलाई वडा सचिव विद्याराम यादवले उपलब्ध गराउन नसक्ने बताएको गुनासो गरे । उनले आफूले गरेको कीर्तेको पोल खुल्ने डरले नदिएको दाबीसमेत गरे । उनले दिनानाथसँग प्रेम विवाह गरी भारत गएको र भारतीय प्रहरीले नेपाली प्रहरीको रोहबरमा परिवारलाई बुझाएको केही दिनमै दिननाथमाथि किशोरीका आफन्तले अपहरण, बेचविखन, बालविवाहको आरोप लगाउदै मुद्दा दर्ता गरेको र वडाले ती किशोरीको जन्मदर्ताको प्रतिलिपी दिनानाथले मुद्दाको प्रतिउत्तर लगाउन माग गर्दा दिन नमिल्ने भन्दै फर्काई दिएको बताए ।

    गाउँपालिकाको वडा कार्यालयमा रहेको जन्मदर्ता किताबमा ती किशोरीको २०६० लाई केरमेट गरी २०६४ बनाएको स्पष्ट देखिने प्रमाण प्राप्त भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ का वडासचिव विद्याराम यादवले आफूले ती किशोरीको जन्मदर्ता नगरी प्रतिलिपी मात्र दिएको दाबी गरे । उनले किशोरीका आफन्तले नै सरकारी कागजात हेर्छु भनेर कीर्ते गरेको हुनसक्ने दाबी गरे ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.