मानिसहरु मृत्युको मुखसम्म पुगेर फर्किएका घटनाहरु धेरै पाईन्छ । जुन घटनामा मानिसले होस नै पाउदैन । यस्तै सम्बन्धित घटना अमेरिकामा पनि भएको छ । त्याँहा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलिदिएको छ । त्यतीमात्रै हैन त्यो भन्दा ठुलो कुरा त निलेर पनि ओकलेको छ ।
अमेरीकाको एक समुन्द्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निलेर पनि ओकलेको हो । माइकल प्याकार्ड नामक व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो । झण्डै ३० सेकेण्ड झण्डै ३० सेकेण्ड राखेर ओकलेको माईकल बताउछन् । ५६ वर्षका माईकल समुद्रमा १४ मिटरको गहिराइमा रहेको बेला ह्वेल माछाले खाएको थियो । सो समयमा माईकलले आफु बाँच्ने आशा मारेको र परिवारलाई सम्भिएको बताएका छन् ।
श्वास फेर्ने मेसिनसँगै ह्वेलले उनलाई मुखभित्र हालेको हुनाले उनले ह्वेलको मुखभित्र रहँदा पनि श्वास फेर्न पाएका थिए । सौभाग्यले ह्वेलमाछा पानीको सतह बाहिर आएर उनलाई थुकिदियो । उनलाई तत्कालै नजिकै रहेका उनका सहकर्मीहरुले उद्दार गरे । ह्वेलले मुखभित्र हाल्ने र बाहिर जोडसँग थुक्ने क्रममा उनको खुट्टामा केही चोट लागेको छ ।
