• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’


  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
  • भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ ।

    Advertisement

    “बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उहाँले भन्नुभयो ।

    सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदै विषादीका रूपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताउनुभयो ।

    अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एमएल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम एक लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिनुभयो ।

    चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रसायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताउनुभयो । उहाँले उपभोक्ताले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रसायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

    भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानले तरकारी बालीमा विषादी र रसायनिक मलको विकल्पमा जैविक मल र विषादी प्रयोग गर्न थालेका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालले भक्तपुरका ती दुई नगरपालिकामा गरेको अध्ययनले किसान विषादी र रसायनिक मलको प्रयोगमा सचेत बन्दै गएको देखिएको हो ।

    जिल्लाका ग्रामीण भेगमा गम्भीर प्रकृतिका नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढ्न थालेपछि किसानले तरकारी बालीमा विषादी प्रयोगमा कमी ल्याएको अध्ययनले देखाएको छ ।

    “विगत पाँच वर्षको तुलनामा अहिले सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा लगाइएका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ”, प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक पंकज देवकोटाले भन्नुभयो, “तरकारीमा प्रयोग भएका विषादीले मानवीय स्वास्थ्यमा गम्भीर असर परेका विभिन्न समाचार, लेखरचना र सामाजिक सञ्चालबाट प्रचारप्रचार भएपछि स्थानीय किसानमा चेतना जागृत भएको छ ।”

    विषादीको प्रयोगमा तुलनात्मक रूपमा कमी आए पनि निर्मूल भने हुन सकेको छैन । केही किसानले बढी उत्पादन गर्ने लोभमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादी अझै प्रयोग गरिरहेको पनि सो प्रतिवेदनले औँल्याएको छ ।
    अध्ययनका क्रममा छोटो समयमा राम्रो मुनाफा खोज्ने किसानको प्रवृत्तिका कारण तरकारीमा अन्धधुन्न रूपमा विषादीको प्रयोग भएको पाइएको देवकोटाले बताउनुभयो ।

    चाँगुनारायण नगरपालिका–६ का किसान लक्ष्मी केसीले विषादी प्रयोग नगर्दा पर्याप्त उत्पादन नहुने धारणाले गर्दा गोलभेडा खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “टनेल खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग हुन्छ । त्यस्तै सबैभन्दा बढी माटोमा अम्लियपन हुनुको कारण नै झारमार्ने विषादीको प्रयोग बढी हुनु हो ।”

    नेपाल सरकारले नुवान, झारनासक टिटाक्लोर, डाइकोरफास्ट, काउरोक्युरादेनलगायत विषादी रोक लगाइएको छ । अध्ययनका क्रममा चाँगुनारायण र सूर्यविनायकमा उक्त विषादीको प्रयोग नभएको पाइएको देवकोटाले बताउनुभयो । विषादीको प्रयोगले स्थानीय किसानले लगाएका बालीनालीमा डडुवा, ढुसी, माटोको अम्लियपन बढ्दै गएकाले व्यावसायिक रूपमा लगाएका खेतीमा समस्या आएको देवकोटाले बताउनुभयो ।

    “किसानले बालीनालीमा रसायनिक मल र विभिन्न किसिमका विषादीहरूको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा कमि आएकाले किसानले रसायनिक मलभन्दा पनि स्थानीय कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

    जैविक विषादीको प्रयोग वृद्धि गर्न किसानलाई कृषि विषादी र किटनाशक औषधिसम्बन्धी तालिम तथा गोष्ठी आवश्यक भएको सूर्यविनायक नगरपालिका–७ स्थित साना किसान सहकारी संस्थाकी अध्यक्ष अम्बिका भण्डारी बस्नेतले बताउनुभयो । उहाँले विषादीको विकल्प नगरपालिकाले किसानलाई दिन नसकेको गुनासो गर्नुभयो ।

    तरकारीमा रसायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग सम्बन्धमा नगरपालिकाले स्थानीय किसानलाई तालिम दिए पनि किसानले भने एग्रोभेटको सल्लाहमा विषादीको प्रयोग गर्ने गरेको चाँगुनारायण नगरपालिकाको कृषि शाखा प्रमुख मणिराम दवाडीले बताउनुभयो ।

    कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ मा व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने उद्देश्य अनुरूप प्राङ्गारिक खेती प्रविधिद्वारा उत्पादित कृषिवस्तुको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रवद्र्धन गरिने उल्लेख गरे पनि स्थानीयस्तरमा त्यस्तो व्यवस्था नभएको नीतिगत विश्लेषण पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिवेदनमा चाँगुनारायण नगरपालिकाको कृषि कार्यमा हुने विषादी प्रयोगलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम अगाडि बढाइने र सूर्यविनायक नगरपालिकाले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने नीति लिए पनि सोअनुसार कार्यक्रम अघि बढाउन नसकेको बताइएको छ ।

    स्थानीयस्तरमा नै प्राप्त गर्न सकिने जडिबुटी, कुहिएका केराबाट भिटामिन बनाउन सक्ने, सिस्नो, तितेपाती, बकाइनो र खुर्सानी पिँधेर विषादी बनाउन सकिन्छ तर यस सम्बन्धमा स्थानीय तहले जुनरूपमा पैरबी गर्नुपर्ने हो सो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

    नगरपालिकाले नै स्थानीय कानुन निर्माणमा रसायनिक विषादीको विकल्प जैविक विषादी हो भनी उल्लेख गरी सोहीअनुसार कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने र किसानलाई जैविक विषादीप्रति सचेत पार्दै जाने हो भने किसानमा जैविक विषादीप्रति आकर्षण हुन सक्ने देखिन्छ । यसका लागि नगरापालिकाले अभियान नै सञ्चालन गर्नुपर्ने औंल्याएको छ ।

    त्यसैगरी जैविक विषादी र मलको प्रयोग वृद्धि गर्न माटोको उर्बराशक्ति परीक्षण गर्न स्थानीयस्तरमा माटो परीक्षणको व्यवस्था गर्नुपर्ने तथा किटनाशक औषधिको नियन्त्रण गर्नको लागि एग्रोभेटमा नै जैविक विषादीको प्रयोगबारे एग्रोभेट सञ्चालकलाई प्रशिक्षण प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.