काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको बताएका छन् । मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
उक्त कार्यक्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रोस पोखेका छन् । सभामुख सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको बताउदै ओलीले उनी राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्लाबाट हिँडेको बताए ।
उनले भने – ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला कान्ला, भिर भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ । त्यही भइरहेको छ ।’
