काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । उनलाई मंगलबार युनाइटेडले आफ्नो क्लबमा अनुबन्धित गरेको हो ।

युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोले युनाइटेडसँग दुई वर्षको सम्झौता गरेका छन् । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युभेन्ट्समा निकै राम्रो प्रदर्शन गरेका थिए ।
सिरी ए मा युभेन्ट्ससँग एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पुरानै क्लबमा फर्किएका हुन् । रोनाल्डोले यसअघि सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए । युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ बर्ष खेल्दै इटाली पुगेका थिए ।
