• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बजेट परिमार्जन गर्नेगरी अघि बढ्यो सरकार, यस्ता छन् कानूनी जटिलता


  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ : नेपाली कांग्रेस नेतृत्वको सरकार अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्ने तयारीमा लागेको छ । नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले मान्यता पाएसँगै सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जनका लागि प्रतिस्थापन विधेयकको तयारी थालेको हो । र यसका लागि सत्ता गठबन्धनले कानूनी आधार र बाटोसमेत तय गरेको नेताहरुले बताएका छन् ।

    Advertisement

    अर्थ मन्त्रालय, केही दिनदेखि अन्य मन्त्रालयबाट प्राप्त बजेट परिमार्जन प्रस्तावमाथिको छलफलमा व्यस्त छ । केही दिनअघि अर्थमन्त्री जनार्दन शर्माले अन्य मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रतिस्थापन विधेयकका प्राथमिकताबारे व्याख्या गरेका थिए । उनले विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिएका थिए । त्यसअनुसार अर्थ मन्त्रालयमा अन्य मन्त्रालयबाट धमाधम बजेटका कार्यक्रम परिमार्जनसहितको प्रस्ताव आइरहेको र अर्थ मन्त्रालय त्यसमा केन्द्रित भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

    अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरुमा जोड दिन खोजिएको छ ।’ परिमार्जनमा गरिबी न्यूनीकरण, रोजगारी वृद्धि, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकता राखिने तयारी रहेको उनीहरु बताउँछन् ।

    अर्थमन्त्री शर्माले थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषहरूको एकीकृत परिचालनमा समेत ध्यान दिइने बताएका छन् । त्यसअनुसारको योजना र बजेटको तालमेल मिलाउने र डीपीआरलगायत पूर्व तयारीबिनाका, स्रोत सुनिश्चित नभएका आयोजनाहरूको सम्बन्धमा पुनर्विचार गर्न लागिएको हो ।

    कानूनी बाटो सुल्झन बाँकी
    सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । समय अभावका कारण संसद् अधिवेशन बोलाएर प्रतिस्थापन विधेयक ल्याएर पास गर्न अप्ठ्यारो छ । यो अप्ठ्यारो सुल्झाउन सरकारले प्रतिनिधिसभा नियमावली निलम्बनको तयारी गरेको छ । सत्ता गठबन्धनसँग बहुमत भएका कारण नियमावली निलम्बनका लागि समस्या नहुने सत्ता गठबन्धनको बुझाइ छ ।

    नियमावली निलम्बन गर्न एमालेले नमाने पेलेर जाने रणनीति सरकारको छ । ‘एमालेलाई उसैले अध्यादेशमार्फत ल्याएको बजेट पास गराउन नियमावली निलम्बन गर्नुपर्ने भयो । यसका लागि सहयोग गर्न आग्रह गर्ने, नमाने बहुमत छँदै छ पास गरेर अगाडि बढ्ने,’ एक नेताले भने ।
    अध्यादेश संसद् सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पनि दुवै सदनबाट पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था छ ।

    संसदीय प्रक्रियाअनुसार सरकारले प्रतिस्थापन विधेयक ल्याएपछि परिपक्व हुन ५ दिन समय लाग्छ । छैटौँ दिन प्रतिनिधिसभामा पेस हुन सक्छ । सातौँ दिन वा छैठौँ दिन नै अर्को बैठक बसेर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न सकिन्छ । विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा सांसदहरूले भाग लिन्छन् र अर्थमन्त्रीले त्यसको जवाफ दिनुपर्ने हुन्छ । त्यसपछि सांसदहरूलाई संशोधनका लागि ७२ घण्टाको समय दिनुपर्ने कानूनी व्यवस्था छ ।

    ७२ घण्टा बितेपछि संसद्मा संशोधनलाई सँगै राखेर दफावार (मन्त्रालयगत) छलफल शुरु हुन्छ । मन्त्रालयगत छलफलका लागि यति नै समय हुनुपर्छ भन्ने बाध्यकारी प्रावधान छैन । तर, २५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि छलफल हुन विगतमा दुई साता, तीन साता लागेको उदाहरण छ ।

    यस पटक सरकारले पूर्णता पाएको छैन । पाँच वटा मन्त्रालयले मात्रै मन्त्री पाएका छन् । बाँकी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् । (३/४) दिन छलफल गरेर २/३ दिन (एकै दिनमा दुई वा सोभन्दा बढी) मन्त्रीले जवाफ दिँदा पनि मन्त्रालयगत छलफल सक्नका लागि एक साताको समय लाग्छ ।

    मन्त्रालयगत छलफल सकिएपछि विधेयक पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाउने, राष्ट्रिय सभामा पेस गर्ने, विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्ने, ७२ घण्टा संशोधनका लागि समय दिने र मन्त्रालयगत छलफल सकेर पारित गर्ने प्रक्रिया राष्ट्रिय सभामा पनि पूरा गर्नुपर्ने हुन्छ ।

    यसरी कानूनी व्यवस्थाअनुसार बजेट पारितको प्रक्रिया पुरा गर्न सरकारलाई तत्काल संसद् अधिवेशन बोलाए पनि समय अभाव हुने देखिन्छ । यसैका लागि नियमावली निलम्बन गर्न लागिएको सत्तापक्षका नेताहरू बताउँछन् । नियमावली निलम्बन गरेर परिपक्व हुन लाग्ने पाँच दिन घटाउने, संशोधनको लागि दिनुपर्ने ७२ घण्टाको समय घटाउने, मन्त्रालयगत छलफल छोट्याउने तयारी सरकारको छ ।

    अध्यादेशसम्बन्धी व्यवस्था संविधानको धारा ११४ मा छ‚ जहाँ संघीय संसद्को दुवै अधिवेशन चालु नरहेको अवस्थामा अध्यादेश जारी हुन सक्ने र त्यस्तो अध्यादेश संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठकमा पेस गर्नुपर्ने र पेस भएको ६० दिनभित्र सदनले स्वीकार नगरेमा वा स्वीकार, अस्वीकार कुनै निर्णय नभएमा स्वतः निष्क्रय हुने व्यवस्था छ ।

    प्रतिनिधिसभा नियमावलीको परिच्छेद १४ मा अध्यादेश स्वीकृत, अस्वीकृत हुने, प्रतिस्थापन विधेयक ल्याउने र पास गर्ने सम्बन्धी व्यवस्था छ । जहाँ प्रतिस्थापन विधेयक संसद्मा अध्यादेश पेस भएको ६० दिनभित्र पास भइसक्नुपर्ने भनिएको छ ।

    स्वीकृत अध्यादेश प्रतिस्थापन गर्ने विधेयक : (१) यस परिच्छेदबमोजिम स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत् वा संशोधनसहित प्रतिस्थापित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकको साथमा उक्त अध्यादेश तत्कालै लागू गर्नुपरेको परिस्थिति र कारणसहितको विवरण संलग्न गरी पेस गर्नुपर्नेछ । (२) उपनियम (१) बमोजिम पेस हुन आएको प्रतिस्थापन विधेयकको सम्बन्धमा परिच्छेद– १५ बमोजिमको कार्यविधि अपनाइनेछ । (३) उपनियम (१) र (२) बमोजिम ‘…अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संविधानको धारा ११४ बमोजिमको अवधि (संसद्मा अध्यादेश पेस भएको ६० दिन) भित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नु पर्नेछ’ नियमावलीको नियम ९५(३) मा उल्लेख छ ।

    अवरोध गर्ने एमालेको चेतावनी
    तर, प्रतिस्थापन विधेयक पास गर्न नियमावली निलम्बन गर्न खोजिए संसद् बैठकमा अवरोध गर्ने चेतावनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले दिएको छ । ‘वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएको बजेटलाई अगाडि बढाउनुपर्ने थियो । संसद्मा पेस गर्‍यो‚ तर अगाडि बढाएन । अहिले प्रतिस्थापन विधेयक ल्याउने र हतार हतार पास गर्न नियमावली संशोधन गर्ने जस्तो गैर संवैधानिक, गैर कानूनी कार्य एमालेलाई मान्य हुँदैन‚’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

    अघिल्लो सरकारले ल्याएको बजेटलाई समयमै पास नगरेर फेरि अध्यादेश ल्याउने विषय पनि समर्थन योग्य नभएको उनको भनाइ छ । तर, सत्ता गठबन्धन एमालेले सहयोग नगरे पनि नियमावली निलम्बन गरेर प्रतिस्थापन विधेयक पास गर्ने विकल्पमा अगाडि बढेको छ । स्वयं अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकको तयारी अगाडि बढाएका छन् ।

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.