काठमाडौं, भदौ १६ गते । जापानले अफगानिस्तानस्थित आफ्नो दुताबास कतारमा सार्ने छलफल चलाएको छ । अफगानिस्तानमा तालिबानको पुनरागमनपछि अमेरिकासहित पश्चिमा राष्ट्रले कुटनीतिक नियोग अन्यत्र सार्ने छलफललाई तिब्रता दिन लागेको छ ।
जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीले मङ्गलबार अफगानिस्तानबाट हुने दैनिक कार्य सम्पादन हालका लागि टर्कीको इस्तानबुलबाट भइरहेको बताउनुभयो । उहाँले तालिबानको राजनीतिक कार्यालय दोहामा रहेको हुँदा दोहामै कुराकानी गर्न सकिने बताउनुभयो । अफगानिस्तानबाट बाहिर निस्किन चाहने जापानी नागरिक, स्थानीय दुताबासका कर्मचारी र अन्यलाई जापानले सहयोग गर्ने विदेश मन्त्री मोटेगीले बताउनुभयो ।
जापानले अफगानिस्तानस्थित दुताबास कतार लग्ने
जापानले अफगानिस्तानस्थित दुताबास कतार लग्ने
तपाईको प्रतिक्रिया
