• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा धम्की दिन थालेको पाइएको छ ।

    Advertisement

    बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उनीहरूलाई नै सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन् । मेसु डा गौतमले भन्नुभयो, “म आएदेखि यहाँको बेथिति सुधार्न लागेको लाग्यै छु, यस्तो कोभिडको जोखिममा आफैँ बिरामी हुँदासमेत यहाँका चिकित्सक र कर्मचारी अहोरात्र खटिएका छन्, यति हुँदाहुँदै पनि केही चिकित्सक र कर्मचारीले आउने बिरामीलाई सिधै बाहिर पठाउने गरेको पुष्टि भएकाले कारबाही गरिएको हो ।”

    प्याम्परदेखि कोभिडका बिरामीसमेतलाई बाहिर पठाइएको रेकर्ड आएकाले त्यस्ता चिकित्सकलाई सरुवा गरिएकोे, केहीलाई स्पष्टीकरण सोधेर सचेत गराइएको उहाँले जानकारी दिनुभयो । अस्पतालमै हुने उपचारसमेत यहाँ हुँदैन भन्दै निजी अस्पताल तथा क्लिनिकमा पठाउने गरेको, आफ्नै अस्पतालमा भएका सबै ल्याब परीक्षण यहाँ हँुदैन भनेर बाहिरका प्याथोलोजीमा पठाउने गरेको र अस्पतालको आफ्नै फार्मेसीमा १० प्रतिशत छुटमा पाइने औषधिसमेत बाहिर किन्न पठाउने गरेको प्रमाणित भएपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    मेसु डा गौतमले भन्नुभयो, “अस्पतालको फार्मेसीमा औषधिमा १० प्रतिशत र शल्यक्रियाका सामानमा ३० देखि ३५ प्रतिशतसम्म छुट दिने गरिएकोे छ । कुनै पनि ल्याब परीक्षणका लागि बाहिर जानै पर्दैन, अस्पतालमै छ, यहाँ नभए सँगैको मानव अङ्ग र भक्तपुर क्यान्सर अस्पतालको ल्याबमा पठाउने व्यवस्था गरेका छौँ, यति हुँदाहुँदै पनि बिरामीलाई कमिशनका लागि बाहिर पठाउने काम भित्रैबाट भएको पाइएपछि कारबाही गरेका हौँ, यसले इमान्दार चिकित्सक र कर्मचारीको मनोबल बढाएको छ ।”

    अस्पतालकै एक कर्मचारीलाई चिकित्सकले यही ल्याब सेवा हुँदाहँुदै परीक्षणका लागि सान प्याथालोजीमा पठाएको र अस्पतालको भन्दा तीन गुणा महङ्गो शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिशन दिनुपर्ने बताएपछि यो रहस्य बाहिर आएको ती कर्मचारीले बताए । उपचारका लागि आएका कोभिडका बिरामीलाई समेत बिचौलियाले छाडेनन् । उपचाररत् बिरामीका आफन्त सन्तोष श्रेष्ठले भन्नुभयो, “बुबा कोभिड भएर ल्याउनेबित्तिकै भर्ना नगरी बिभिन्न परीक्षण गर्न अस्पताल अगाडिको प्याथालोजीमा पठाए, त्यहाँ महङ्गो रहेछ, अर्को दिन अस्पतालमै भर्ना भएपछि पो अर्का चिकित्सकले सबै यही परीक्षण हुन्छ भनेपछि हामी छक्क प¥यौँ ।”

    बेथिति हटाउँदै सेवामा सुधार आएपछि अस्पताल सुदृढीकरण मूल्याङ्कनमा ३८ बाट बढेर यस वर्ष ८२ मा पुग्नाका साथै वाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनेर पुरस्कार पाएको अस्पताललाई अब फेरि बदनाम हुनबाट जोगाउन र व्यवस्थितरूपले सेवा दिन अस्पताल अहोरात्र लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

    अस्पतालको फोर्मेसीमा कार्यरत एक कर्मचारीले आफ्नै अगाडि बाहिरका औषधि पसलमा पठाएपछि त्यसो नगर्न भन्दा गाली खानुपरेको सुनाउनुभयो । ती कर्मचारीले भन्नुभयो, “अस्पतालको फार्मेसीमा रू ५० मा पाइने थर्र्मामिटर बाहिर रू २५० सम्म पर्छ, यहाँ रू ३०को युरिन व्याग बाहिर रू १०० लिन्छन्, टाँका लगाउने सूचर रू ३५० देखि ४५० सम्म पर्नेमा बाहिर रू एक हजार १०० सम्म लिने गरेका छन्, यति सम्मकी रू एक हजार १०० पर्ने शव परीक्षणका लागि आवश्यक सामानको प्याक बाहिर रू दुई हजार ७०० देखि तीन हजार ७०० सम्म लिने गरेका छन्, हामीले यहीँ पाइन्छ, बाहिर नपठाउनुस् भन्दा हामीलाई नै थर्काउथे ।”

    विगतमा कमिशन बढी आउने र नचल्ने औषधिको बोलपत्र बढी गरेर औषधि नै खेर फाल्ने, औषधि सप्लायर्सले ल्याएको भन्दा बढी बिल बनाएर भुक्तानी लाने गरेकोजस्ता बेथितिलाई अस्पतालले तोडेको छ । औषधि बोलपत्रमा न्यूनतम मूल्य निर्धारण गर्दै त्यहीँ मूल्यमा वर्षदिनसम्म औषधि ल्याउनुपर्ने गरी कडाइ गरिएकाले सप्लायर्सहरूले मेसु डा गौतम आएको छ महिनामै सरुवा गर्न खोजेकामा नसकेको व्यवस्थान समितिको भनाइ छ ।

    औषधि सप्लायर्स, केही निजी अस्पतालका सञ्चालक, अस्पताल बाहिरका केही औषधि व्यवसायी र ल्याब सञ्चालकले उहाँको सरुवा गर्न धम्की दिँदै शक्तिकेन्द्र धाउन थालेका हुन् । सरुवा गराउने अभियानमा लागेका टोली भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालदेखि प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइसम्मलाई गुनासो गर्न पुगेका थिए ।

    जिसस प्रमुख गेलालले भन्नुभयो, “अस्पतालले बिरामीलाई सबै सेवा भित्रबाटै दिन थालेको र बिरामी बाहिर पठाउने चिकित्सकलाई समेत कारबाही गरिएकाले हाम्रो व्यवसायमा समस्या प¥यो भन्दै केही व्यक्ति मेसु डा गौतमको सरुवा गर्न आएका थिए तर मैले अस्पताल अहिले एकदम राम्रो भएको छ, यस्ता गलत कुरा लिएर नआउनुस् भनेर पठाइदिए ”।

    मेसु डा गौतमले औषधि सप्लायर्सदेखि केही व्यक्तिले फोनबाट केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर अब सरुवा गराइछाड्छौँ भनेर धम्की दिएको बताउनुभयो

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.