• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

देउवालाई चाहियो केपी ओलीको साथ ?


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सुमधुर सम्बन्ध चाहिएको छ । मंगलबार बेलुका आफ्नो विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई ओली निवास पठाएर वार्ता गर्न लगाएका थिए ।

    Advertisement

    मन्त्रीपरिषद विस्तार गर्न आलटाल गरिरहेका प्रधानमन्त्री देउवालाई अहिले केपी शर्मा ओलीको साथ चाहिएको छ । अध्यादेश ल्याएर एमाले फुटाउन सफल भएका प्रधानमन्त्री देउवालाई अब संसद सुचारु गर्न पनि केपी ओलीको साथ जरुरी छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ओलीसंग सम्बन्ध सुधार नगरि संसद सुचारु गर्दा गाह्रो पर्ने आकलन गरिसकेको देउवा निकट सांसदले जनाएका छन् । संसदमा आफ्नो पक्षमा बहुमत भएपनि प्रमुख प्रतिपक्ष एमालेमा कडा विद्रोह गर्ने नेताहरुको संख्या बढी हुँदा संसदमा चर्को आलोचना खेप्नुपर्ने अवस्था बुझेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई हात लिन अध्यक्ष ओलीसंग सम्बन्ध सुधार्न कोशिश गरेका हुन् ।

    संसद सुचारु गरेपछि देउवाको मुख्य लक्ष्य भनेको एमसीसी हो । एमसीसी जसरी पनि अनुमोदन गराउनु पर्ने दबाबमा छन् प्रधानमन्त्री देउवा । अनुमोदन गराउन आफूसंग बहुमत पुगेपनि देउवालाई एमालेको चर्को विरोध खेप्न नसक्ने देखेपछि केपी ओलीलाई नरम बनाउने कोशिशमा देउवा लागेका छन् । अध्यादेश ल्याएर एमालेको विरोध खेपिरहेका देउवा अब संसद सुचारु भएसंगे सभामुख विरुद्ध पनि एमाले चर्को रुपमा प्रस्तुत हुने बुझेका छन् । त्यो रोक्न प्रधानमन्त्री देउवा अब केपी ओलीलाई नरम बनाउन लागेका छन् ।

    मंगलबार बिहान गठबन्धनका शिर्ष नेताहरुसंग छलफलमा एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने मौखिक निर्णय समेत भएको थियो । तर यो अनुमोदन गराउन संसद सुचारु गर्नुपर्ने र संसद सुचारु गरे अध्यादेश र सभामुख माथि एमालेका सांसदहरु चर्को रुपमा प्रस्तुत हुनेभएकाले एमालेलाई नरम बनाउनु पर्ने कुरा छलफलमा निस्किएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई जसरी पनि केपी ओलीलाई हात लिनुपर्ने सुझाव गठबन्धनका नेताहरुले दिएका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद बिस्तार गर्न नसक्नुदेखि अध्यादेश जारी गरेर पार्टी फ़ुटाएको कारण बदनाम भएका छन् । अहिले हुने हरेक कार्यक्रममा एमालेका नेताहरुले यहि विषयलाई एजेण्डाको रुपमा लिएर गठबन्धनको सरकारको चर्को विरोध गरिरहेका छन् । एमालेको विरोध थेग्न गाह्रो पर्ने भएकाले प्रधानमन्त्री देउवाले केपी ओलीलाई फकाउन खोजेका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउन सक्दो कोशिश गरिरहेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देउवाले मनाईसकेको कारण संसदमा एमाले पार्टीले कुनै चर्को विरोध नगरुन साथै सभामुख प्रतिको नजर बद्ल्याउन सके एमसीसी अनुमोदन गराउन सहज हुने भएकाले देउवाले केपी ओलीसंग सम्बन्ध सुधार्न खोजेका हुन् ।

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.